मंसिर १९,
२०७७,काभ्रे/

देश भर नै पछिल्ला दिनहरुमा कोरोनाका संक्रमित निको हुनेको दर बढ्दो छ । नयाँ शंक्रमित थपिनेको तुलनामा निको हुनेको दर भने दोब्बर जस्तै छ । काभ्रे जिल्लामा पनि संक्रमित थपिने भन्दा पनि निको हुनेको संख्या बढ्दो छ । जिल्लामा ३ हजार ७ जनालाई कोरोना लागेकोमा हाल सम्म २ हजार ७ सय १० जना भने निको भईसकेका छन् । आज जिल्लामा थप ३४ जना कोरोनाका संक्रमित निको भएको स्वास्थ्य कार्यलय काभ्रेले जनाएको छ ।

यसैगरी आज काभ्रे जिल्लामा २७ जना जनाँ कोरोनाका संक्रमित थपिएका छन् । नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका २, बनेपा नगरपालिकाका ८, पनौती नगरपालिकाका २, पाँचखाल नगरपालिकाका २, नमोबुद्ध नगरपालिकाका ४, मण्डनदेउपुर नगरपालिकाका ८ जना र खानीखोला गाउँपालिकाका १ जना छन् ।

अब काभ्रेमा कोरोनाका सक्रिय संक्रमित २ सय ६० जना रहेको छ । जिल्लामा कोरोना संक्रमणबाट ३७ जनाको मृत्यु भईसकेको छ ।

Facebook Comments