अशोक बुद्ध लामा-पुस ६,
२०७७,काभ्रे/

सिटिजन लाइफ इन्स्यौरेन्स बनेपा शाखाले पनौति नगरपालिका ३ निवासी शर्मिला न्यौपानेलाई जीवन बिमा उपहार प्रदान गरेको छ । एजेन्सी मेनेजर सुनिता श्रेष्ठ र सिटिजन लाइफ इन्सुरेन्स बनेपा शाखा प्रमुख मच्छे नारायण श्रेष्ठ समेतको उपस्थितिमा बीमालेख उपहार प्रदान गरिएको हो ।

बीमालेख वितरण गर्दै उनीहरुले शुभ विवाहको अवसरमा जीवन सुरक्षित गरेकोमा बधाई दिए । नव जोडिले वार्षिक अग्रिम भुक्तानी बिमा पोलेसी लिएका छन् । जसमा वार्षिक ५ प्रतिशत रकम फिर्ता पाउनेछन् । साथै आवश्यक परेको खण्डमा २ बर्ष पूरा भएपछी कर्जा लिन पनि सकिनेछ ।

बीमा अबधि समाप्त भएपछी बाँकी बीमांक रकम र आर्जित बोनस सहित रकम फिर्ता पाईने छ । नवजोडिले बीमालेख उपहार दिने कार्य उदाहरणीय भएकोमा खुशी व्यक्त गरेका थिए ।

Facebook Comments