पुस १०,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकामा रहेका विद्यालयमा संचालित परियोजनाको समिक्षा बैठक सम्पन्न भएको छ । नाङशाल एशोसिएसन नेपालको आयोजनामा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र नमोबुद्ध नगरपालिकाको समन्वयमा संचालित परियोजनाको २०२० मा भएको कार्यक्रमका विषयमा समिक्षा गरिएको हो ।

यस परियोजना नमोबुद्ध नगरपालिकाको १५ वटा विद्यालयमा संचालित छन् । कार्यक्रममा परियोजनाको उपलब्धी, चुनौती र भावियोजनाको बारेमा छलफल भएको थियो । यस अघि नमोबुद्ध नगरपालिका, नाङशाल एशोसिएसन नेपाल र पत्रकारहरुको संयुक्त टोलीले उक्त १५ विद्यालयको अनुगमन गरेको थियो । अनुगमनमा देखिएका सवल पक्ष र सुधार गर्नुपर्ने पक्षको विषयमा पनि आज छलफल भएको कार्यक्रम संयोजक ललिता तामाङले जानकारी दिईन् ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख जनार्दन रिजाल, नाङशाल एशोसिएसन नेपालका कार्यकारी निर्देशक गुणराज मुक्तान, सेभ द चिल्ड्रेनका जिल्ला संयोजक पुष्कर काफ्ले, परियोजना लागु भएका विद्यालयको प्रधानाध्यापक तथा शिक्षकहरुको सहभागिता थियो ।

Facebook Comments Box