पुस ११,
२०७७,काभ्रे/

जिल्लामा आज थप ७ जना नयाँ कोरोना संक्रमित थपिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै जिल्लाका ४ जना संक्रमित संक्रमणमुक्त भएको कार्यालयको जानकारी छ ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १ जना महिला, धसलिखेल नगरपालिकाबाट १ जना महिला र २ जना पुरुष, पनौती नगरपालिकाबाट २ जना महिला र मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष गरी जिल्लामा आज थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएकोे कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले बताए ।

उनका अनुसार योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२ सय ३५ पुगेको छ । त्यस्तै जिल्लामा अहिले १ सय १९ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको जनाकारी छ । कुल संक्रमित संख्यामध्ये जिल्लाका ३ हजार ७२ जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण काभ्रेका ४४ जनाको मृत्यु भइसकेको छ ।

Facebook Comments Box