पुस १४,
२०७७,काभ्रे/

पछिल्लो २४ घण्टामा काभ्रेमा ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । त्यस्तै बितेको २४ घण्टामा जिल्लामा ८ जनाको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

आज थपिएका संक्रमितमध्ये बनेपा नगरपालिकाबाट १ जना पुरुष, मण्डनदेउपुर नगरपालिकाबाट १ जना पुरुष र बेथानचोक गाउँपालिकाका १ जना पुरुष गरी जिल्लामा आज थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । उनका अनुसार योसँगै काभ्रेमा कोरोना संक्रमितको संख्या ३२ सय ५५ पुगेको छ ।

त्यस्तै काभ्रेको कुल कोरोना संक्रमित संख्यामध्ये ३ हजार ९६ जना संक्रमणमुक्त भएका छन् । जिल्लामा अहिले १ सय १५ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको विवरणमा उल्लेख छ । काभ्रमा अहिलेसम्म ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको प्रमुख डा.झाको जानकारी छ ।

Facebook Comments Box