पुस १७,
२०७७,काभ्रे/

जिल्लाको तेमाल गाँउपालिकामा मल बिक्री बितरण गर्न १३ सहकारी छनौट भएका छन् ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण कुईकेलका अनुसार अनुदानको मल बिक्री बितरण गर्न गाँउपालिकाको स्थानिय तह मल वितरण ब्यबस्थापन समितिको बैठकले गाँउपालिका भित्रका १३ ओटा सहकारी संस्था छनौट गरेको हो ।

मल बिक्री बितरण गर्न वडा नम्बर २, ३, ६ को ३/३ ओटा र वडा नम्बर ४,५,७ र ८ का १/१ ओटा सहकारी संस्था छनौट भएको उनले जानकारी दिए ।

Facebook Comments