राजन दाहाल,पुस २०,
२०७७,काभ्रे/

नेपाल कम्युनिस्ट पार्टी नेकपा का नेता हरिशरण दाहालले नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाईं र सचिव टोपबहादुर वाइवानै बैधानिक भएको जिकिर गरेका छन । रेडियो रोशीको कार्यक्रम रोशी सम्बाद कुराकानी गर्दै नेता दाहालले नेकपा काभ्रेका अध्यक्ष रुकु चौलागाईं र सचिव टोपबहादुर वाइवानै हुनुहुन्छ उहाँहरू बाहेक म अरुलाइ चिन्दानी चिन्दिन जन्दा नि जान्दिन भनेका हुन ।

पछिल्लो समयमा प्रचण्ड र माधब पक्षमा खुलेर दिखिनु भएका दाहाललाई अबको दिनमा नेकपा काभ्रे को पार्टी कार्यालय प्रचण्ड र माधब पक्षको कि ओलि पक्षको भन्ने प्रश्न गर्दा जवाफमा नेता दाहालले काभ्रे जिल्ला कमिटीको बहुमत सदस्य हामिसित हुनुहुन्छ त्यसैले पार्टी कार्यालय हाम्रो हो भनी ठोकुवा गर्नु भयो तर ओलि पक्षले जस्तो हुल हुज्जत गरेर गुन्डागर्दी गरेर हामी त्यो पार्टी कार्यालमा जबर्जस्ती गर्ने पक्षमा छैनौं भन्दै हाम्रो पक्षले पनि ओलि पक्षले पनि ताला लगाएको छ अब जे हुनेछ बैधानिकताको आधारमा टुंगो लाग्नेछ भने ।

कार्यक्रममा बोल्दै नेकपा काभ्रे का जिल्ला कमिटी सदस्य समेत रहेका दाहालले जिल्ला कमिटी साथीहरूलाई थाहै नदिइ १र२ जना साथीहरू आफैं अध्यक्ष र आफै सचीव घोषणा गर्दै हिड्दैमा नेकपा मा समस्या नहुने र ब्यक्तिगत तहमा घोषणा गरेर हिडेको कुराले बैधानिकता नपाउने र खारेज हुने समेत बताए ।

पछिल्लो समयमा नेकपा मा देखिएको आन्तरिक खिचातानी र मतभेदका कारण काभ्रे जिल्लामा पनि प्रचण्ड र माधब पक्ष र ओलि पक्षका नेताहरु खुलेरै लागि परेको देखिन्छ । केहि दिन अगाडि मात्र ओलि पक्षले नेकपा काभ्रेको अध्यक्षमा अशोक ब्यन्जु र सचिब मा नारायण पाण्डे नियुक्ति गरेपछि नेकपा काभ्रेमा दुई पक्ष बिच झनै बेमेलको स्थिति सिर्जना भएको देखिन्छ ।
नेकपा काभ्रेमा आधिकारिक अध्यक्ष को ? सचीव को ? र पार्टी कार्यालय कसको पक्षमा ? त्यो भने पर्ख र हेर को अबस्थामै रहेको छ ।

Facebook Comments Box