पुस २१,
२०७७,काभ्रे/

पनौती नगरपालिकाले दैनिक सात घण्टा टिपर चल्न रोक लगाएको छ । टिपरका कारण दुर्घटना भएको भन्दै पिक आवरमा नगरले टिपर सञ्चालनमा रोक लगाएको हो । आज (मंगलबार) बाट लागू हुने गरी नगरले बिहान ९ देखी १०ः३० बजे सम्म र दिउँसो ३ बजे देखी बेलुका ८ः३० बजे सम्म टिपर गुडन रोक लगाएको हो ।

सोमबार एक शिक्षिकालाई टिपरले ठक्कर दिएर घाईते बनाएपछि स्थानीयहरुले पिक आवरमा टिपर रोक्न नगरपालिकालाई अनुरोध गरेका थिए । सोही अनुसार नगरपालिकाका बरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीद्धारा हस्ताक्षरित सूचना जारी गरिएको छ ।

त्यस्तै सूचनामा मालवाहक ट्रक बेलुका ८ बजे देखी बिहान ६ बजे सम्ममा मात्र सञ्चालन हुन पाउने सूचनामा उल्लेख छ । खाली टिपर पुण्यमाता करिडोर मार्फत सञ्चालन गर्न सूचनामा भनिएको छ । कार्यालय समयमा सडकमा टिपर नराख्न नगरले अनुरोध गरेको छ ।

Facebook Comments