पुस २१,
२०७७,काभ्रे/

पछिल्लो २४ घण्टामा काभ्रेमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज थपिएका संक्रमितमध्ये मण्डनदेउपुर नगरपालिकाबाट १ जना महिला र पनौती नगरपालिकाबाट १ महिला र २ जना पुरुष गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको कार्यालयको जानकारी छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३२ सय ७६ पुगेको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए । काभ्रेमा आज १० जना कोरोना संक्रमितको उपचारपछि संक्रमणमुक्त भएका छन् ।

कुल संक्रमित संख्यामध्ये ३१ सय ४४ जना संक्रमणमुक्त भएको कार्यालयको विवरणमा उल्लेख छ । विवरण अनुसार जिल्लामा अहिले ८८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । काभ्रेमा ४४ जनाको कोरोना संक्रमणका मृत्यु भएको जिल्ला सवस्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

Facebook Comments