
पुस २५,
२०७७,काभ्रे/
काभ्रे जिल्लामा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज थपिएका संक्रमितमध्ये पाँचखाल नगरपालिकाबाट एक जना महिला, पनौती नगरपालिकाबाट २ जना महिला र २ जना पुरुष रहेका छन् ।
योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ८७ पुगेको छ । जिल्लामा अहिले ५९ जना सक्रिय कोरोना संक्रमित रहेको कार्यालयको विवरणमा उल्लेख छ । यस्तै आज जिल्लामा एक जना उपचारपछि कोरोना संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ ।
काभ्रेका कुल कोरोना संक्रमित संख्यामध्ये ३ हजार १ सय ८४ जना संक्रमणमुक्त भएका छन् । काभ्रेमा ४४ जनाको कोरोना संक्रमणका मृत्यु भईसकेको छ ।