पुस २७,
२०७७,काभ्रे/

काभ्रे जिल्लामा आज कोरोना संक्रमित मध्ये उपचारपछि १९ जना डिस्चार्ज भएका छन् । स्वास्थ्इ कार्यलय काभ्रेका अनुसार यो सँगै जिल्लामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या ३ हजार २ सय ९ पुगेको छ ।

यस्तै आज जिल्लामा २ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । कार्यलयका अनुसार धुलिखेल र बनेपाका १-१ जना महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ३ हजार २ सय ९३ पुगेको छ ।

जिल्लामा हाल ४० जना सक्रिय कोरोनाका संक्रमित छन् । हाल जिल्लामा ३७ जना होम आइसोलेसनमा छन् भने ३ जना जिल्लाका २ वटा अस्पताल आइसोलेसनमा रहेको कार्यलयका प्रमुख डा.नरेन्द्र कुमार झाले जानकारी दिए ।

जिल्लामा ४४ जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।

Facebook Comments Box