माघ ३,
२०७७,काभ्रे/

पाँचखाल नगरपालिकामा प्रथम मेयरकप फुटबल प्रतियोगिता आज (शनिवार) बाट सुरु भएको छ । पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेलले उक्त प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । पाँचखाल युनाइटेड फुटबल एशोसिएसन (पुफा)ले आयोजना गरेको प्रतियोगितामा २४ टिमको सहभागिता रहेको छ । आज भएको उद्घाटन खेलमा समाज कल्यण युवा क्लवले मण्डनदेउपुर युवा क्लवलाई २–० गोलले पराजित गरेको छ ।
समाज कल्याणका तर्फबाट अमित तामाङ र विकास लामाले एक÷एक गोल गर्नुभएको थियो । खेलको म्यान अफ दी म्याच अमित तामाङले हात पार्नुभएको थियो । खेलमा काठमाडौं, सिन्धुपलाञ्चोक, सिन्धुली, उदयपुर र काभ्रे जिल्लाको सहभागिता रहेको छ । नकआउटका आधारमा खेलाइने उक्त खेलको विजय हुने टिमले एक लाख रुपियाँ सहित शिल्ड, मेडल र उप–विजेता टिमले नगद ५० हजार पाउने छन । खेल माघ १६ गते सकिने छ ।

Facebook Comments