यश कुमार परियार–असार २१,
२०७७,काभ्रे/

जिल्लामा आज भेटिएका चार कोरोना संक्रमितलाई काठमाण्डौको टेकु अस्पताल पठाउने तयारी भएको छ । स्वास्थ्य कार्यलय काभ्रेका डा.नरेन्द्र कुमार झाका अनुसार उनिहरुलाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल टेकु पठाउन लागिएको हो ।

धुलिखेल अस्पतालमा उनिहरुको स्वाव संकलन गरी परिक्षण गरिएकोमा रिपोर्ट पोजेटिभ आएको डा.झाले जानकारी दिए ।

संक्रमित हुनेमा महाभारत गाउँपालिका घर भई हाल धुलिखेल स्थित सञ्जिवनी क्वारेन्टाईनमा बस्दै आएका एक जना, पाँचखाल नगरपालिकाका दुईजना र बनेपा नगरपालिकाका एक जना रहेका छन् । संक्रमित सबै पुरुष हुन् । उनिहरु ३९, २८, २६ र २२ वर्ष उमेर समुहका छन् । संक्रमित सबै तेश्रो मुलुकबाट आएका हुन् ।

यो सँगै काभ्रेमा कोरोना संक्रमितको संख्या १४ पुगेको डा. झाले जानकारी दिए । जस मध्ये ७ जना उपचार पछि निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित समाचार:

काभ्रेका चार जनामा कोरोना संक्रमण पुष्टि

Facebook Comments