यश कुमार परियार–माघ ८,
२०७७,काभ्रे/

नेपाली काँग्रेस काभ्रेले आज प्रतिनिधि सभा विघटन विरुद्ध वडास्तरीय प्रदर्शन गरेको छ । काभ्रे जिल्लाका १३ स्थानिय तहका १ सय ३५ वडा कार्यलयहरुमा विरोध प्रदर्शन गरिएको जिल्ला सचिव दिनेश लामाले जानकारी दिए । जिल्लाको बनेपा नगरपालिका वडा नं ९ मा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले सम्बोधन गरेका थिए । यस्तै विभिन्न स्थानहरुमा केन्द्रिय सदस्य तथा ट्रेड युनियन विभाग प्रमुख शिव हुमागाँई, तेमाल गाउँपालिका वडा नं ५ मा संविधान सभा सांसद तिर्थ लामा, जिल्ला सभापति मधु आचार्य, जिल्ला सचिव दिनेश लामा, पुर्व राज्य मन्त्रि कञ्चन चन्द्र वादे, प्रतिनिधि सभा क्षेत्र नं १ क का सभापति राम योञ्जज, ख का सभापति रमेश हुमागाँई र क्षेत्र नं २ क का सभापति एवं पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, ख का सभापति विदुर घिमिरेले सम्बोधन गरेका छन् ।

यस्तै रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामा, नमोबुद्ध नगर सभापति कुन्साङ लामा, बेथानचोक गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, तेमाल गाउँपालिकाका अध्यक्ष सलाम सिं तामाङ, नगर तथा गाउँ सभापतिको उपस्थितीमा र्याली सँगै भव्य रुपमा बिरोध सभा सम्पन्न भएको जिल्ला सचिव दिनेश लामाले जानकारी दिए ।

प्रतिनिधि सभा विघटनको कदमलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै काँग्रेसले काँग्रेसले आज देशभरका ६ हजार ७ सय ४३ वडामा प्रदर्शन गरेको छ । चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको कांग्रेसले यसअघि पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । पुस २५ गते विरोध प्रदर्शनलाई थप विस्तार गर्दै ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ स्थानीय तहमा विरोध गरिएको थियो ।

Facebook Comments Box