माघ ८,
२०७७,काभ्रे/

पाँचखाल नगरपालिकामा भईरहेको मेयर कप फुटबल प्रतियोगिताका खेलाडीहरुलाई युवा व्यवसायी रत्नकुश रंजितले जर्सी सहयोग गरेका छन् । आज एक कार्यक्रमका बिच रंजितले बनेपा फुटबल क्लबका खेलाडिहरुलाई जर्सी सहयोग गरेका हुन् । खेलाडिहरु पाँचखालमा भईरहेको मेयर कप फुटबल प्रतियोगिता खेल्नका लागि पाँचखाल जाने क्रममा रंजितले सो सहयोग गरेका हुन् ।

आफुहरुले खेल्ने लामो समय भईसक्दा पनि कतैबाट यस्तो सहयोग नआएको एक खेलाडिले बताए । उनिहरुले सहयोग गरेकोमा रंजितलाई धन्यवाद दिए । साथै खेल खेल्दै गर्दा आफुहरुलाई आईपर्ने समस्याहरुका लागि व्यवसायी तथा समाजसेवी रत्नकुश जस्ता व्यक्तिले गरेको सहयोगले नै प्रेरणा दिने बताए ।
बनेपा नगरपालिकाका युवा व्यवसायी रंजित पछिल्लो समयमा खेलाडिहरुको मनमा बस्न सफल भएका छन् । व्यवसायी रंजितले भने आफुले ठूलो सहयोग नगरेको र खेलाडिहरुको मनोबल उच्च बनाउनका लागि जर्सी सहयोग गरेको बताउनु भएको छ ।

Facebook Comments