माघ ९,
२०७७,काभ्रे/

काभ्रेपलान्चोक र नाल्दुम नगरकोट जेसिजका अध्यक्ष आशादेवान श्रेष्ठले आफ्नो संस्थालाई नेपालकै नमुना संस्थाको रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेकि छन । होटल क्लब हिमालयनमा भएको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकाल वर्ष २०२१ लाई सामाजिक, व्यावसायिक, नेतृत्व र अन्तर्राष्ट्रिय क्षेत्रमा बहुआयामिक कार्यक्रम संचालन गरेर अगाडि बढाउने योजना प्रस्तुत गरेकि छन् ।

कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका मेयर टोक बहादुर वाईवाले हरेक क्षेत्रमा नेतृत्व उत्पादन गर्ने संस्थाले समाजलाई सकारात्मक सोच भएका नागरिक तयार पार्नमा खेलेको भुमिकाको प्रशंसा व्यक्त गरे । उनले नाल्दुम नगरकोट जेसिजलाई भवन निर्माणको लागि जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष अरुणेश्वर खनालले देशभर रहेका शाखाहरुलाई समान रुपमा अवसर तथा कार्यक्रम प्रदान गर्ने गरि योजना कार्यान्वयनमा जाने बताए । उनले नेतृत्व लिन जेसिजका युवा सधैं तयार रहेको समेत बताएका छन् । सातौं पदस्थापन तथा सम्मान कार्यक्रममा निवर्तमान अध्यक्ष सजना कर्माचार्यले वर्ष २०२० लाई सफलता पुर्वक संचालन गर्न सहयोग पुर्याउने लाई आभार व्यक्त गरिन ।

नाल्दुम नगरकोट जेसिजले वर्ष २०१९ मा तत्कालिन अध्यक्ष अमित कर्माचार्यको नेतृत्वमा नेपाल जेसिजमा राष्ट्रिय उपाध्यक्षको रुपमा मन्जु शाह ठकुरीलाई निर्वाचित गराउन सफल भएको थियो । कार्यक्रममा संस्थापक अध्यक्ष राजकुमार मल्ललाई विशेष सम्मान गरिएको वर्ष २०२० का महासचिव धनपति दाहालले जानकारि दिए ।

Facebook Comments Box