माघ ९,
२०७७,काभ्रे/

जिल्लामा आज ४ जना कोरोना संक्रमित उपचार पछि निको भएका छन् । स्वास्थ्य कार्यलय काभ्रेका अनुसार यो सँगै जिल्लामा कारोना जितेर निको हुनेको संख्या ३ हजार २ सय ४७ पुगेको छ ।

यस्तै जिल्लामा आज १ जनामा संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा धुलिखेल नगरपालिकाका १ जना पुरुष रहेका छन् । यो सँगै जिल्लामा संक्रमितको संख्या ३ हजार ३ सय २३ पुगेको छ । जिल्लामा हाल ३२ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

जिल्लामा कोरोना संक्रमणका कारण ४४ जनाको मृत्यु भईसकेको छ ।

Facebook Comments Box