माघ १०,
२०७७,काभ्रे/

जिल्लामा आज एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । आज थपिएका संक्रमित पनौती नगरपालिकाको रहृेको कार्यालयको जानकारी छ ।

त्यस्तै काभ्रेमा आज २ जनाको उपचारपछि संक्रमणमुक्त भएको कार्यालयका प्रमुख डा.नरेन्द्र कुमारले जानकारी दिए । उनका अनुसार जिल्लाका कुल संक्रमित संख्या ३३ सय २४ मध्ये ३२ सय ४९ जनाको उपचारपछि संक्रमणमुुक्त भएका छन् । काभ्रेमा अहिले ३१ जना मात्र सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ ।

जिल्लाका ४४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको कार्यालयको विवरणमा उल्लेख छ ।

Facebook Comments Box