यश कुमार परियार–माघ १३,
२०७७,काभ्रे/

संविधान सभा सदस्य एवं नेपाली कांग्रेसका पुर्व सांसद तिर्थ लामा सामाजिक कार्यमा अग्रसर हुँदै गएका छन् । कोरोना भाईरसका कारण देश लक डाउन भएको समयमा आर्थिक रुपले विपन्न भएका परिवारलाई खाद्यान्न, स्वास्थ्य सामग्री, लत्ता कपडा लगायत थुप्रै सहयोग गर्दै आएका उनि अहिले उपचार नपाएर वर्षौ देखि थलिएका बिरामी देखि बिभिन्न विकास निर्माणका कार्यमा सहयोग गरेका छन् ।

काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नम्बर ६ का ४६ वर्षीय ठुलोकान्छा तामाङ केही समय देखि आफ्नो दाहिने खुट्टामा भएको पूरानो घाउ गरिबी अभावका कारण आर्थिक समस्याले गर्दा उपचार नगरी घरमा बस्न बाध्य भएका थिए । सांसद लामाले उक्त समस्या थाहा पाउना साथ तामाङको घरमा पुगि आँफैले सवारी साधनको व्यबस्थापन गरेर कठमाडौं कान्तिपुर हस्पिटलमा उनको उपचार गराएका छन् । आर्थिक अवस्था अत्यन्तै कमजोर भएका उनको काठमाडौंको कान्तिपुर अस्पतालमा १३ दिनसम्म उपचार गराइ निको भए पछि सोमबार उनी घर फर्किएका छन् । वर्षौंदेखि थलिएर घरमै रोग पालेर बस्न बाध्य ठुलोकान्छा उपचार पाएपछि पुर्व सांसद लामा भगवान सावित भएका छन् ।

उपचारका क्रममा शल्यक्रियामार्फत उनको दााहिने खुट्टाको तीन वटा औंला काट्नु परेको पुर्व सांसद लामाले जानकारी दिए । वर्षौंदेखि थला परेका ठूलोकान्छा तामाङ्गले उपचारपछि हिँडेर घर फर्कन पाउँदा निकै खुशी महसुस गरेको बताए । मानवीय नाताले उनको उपचारको सम्पूर्ण खर्च तथा व्यवस्थापन गर्न पाउँदा आफुलाई निकै सन्तुष्टि मिलेको पुर्व संसद् तिर्थ लामाले बताएका छन् ।

यस्तै यहि हप्ता जिल्लाको खानीखोला गाउँपालिका वडा नम्बर ६ साल्धाराको साविक वडा नं ४ भ्याकुरे गाउँको लागि पाईप वितरण गरेका छन् । भ्याकुरे गाउँका करीव २०/२५ घर धुरी बिगत लामो समय देखि घण्टौं हिंडेर पानी ओसार्नु पर्ने वाध्यता थियो । पुर्व सांसद लामाले खानेपानीको लागि पाईप वितरण गरेपछि अब खानेपानीको समस्या समाधान भएको स्थानियहरु बताउँछन् । खानेपानीको समस्या स्थानीय निकायमा जानकारी गराउँदा पनि ध्यानकेन्द्रित नदिएको भन्दै स्थानीयहरूले गुनासो गरेका थिए । काभ्रेकै लोकप्रिय नेता मानिने संविधान सभा सदस्य तिर्थ लामा र काभ्रे जिल्ला सदस्य दोर्जे मान जिम्बाको सँयुक्त प्रयासमा उक्त खानेपानी पाईप वितरण गरिएको बताईएको छ ।

Facebook Comments