माघ १७,
२०७७,काभ्रे/

प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरे अनुसार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काभ्रे जिल्लाको बनेपामा माघ १९ गते विरोध प्रदर्शन गर्ने भएको छ । नेपाली कांग्रेसले “जुटौ संसद विघटनको असंम्बैधानिक कदमको विरुद्धमा ,उठौ लोकतान्त्रिक संविधान रक्षाको पक्षमा” भन्ने मुल नाराका साथ काभ्रेको बनेपामा बिरोध प्रदर्शन गर्न लागेको बताईएको छ ।

बिरोध प्रदर्शनमा प्रमुख अतिथि नेपाली कांग्रेसका नेता पूर्ब वन मन्त्री एवंम नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तरुण बिभाग प्रमुख शंकर भण्डारीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै उक्त बिरोध प्रदर्शन कार्यक्रममा विशिष्ट अतिथि नेपाल तरुण दलका अध्यक्ष जित जंग वस्नेत, नेपाली कांग्रेस काभ्रेका सभापति मधु आचार्य र नेपाली कांग्रेस केन्द्रीय सदस्य एबम् श्रमिक तथा ट्रेड यूनियन विभाग प्रमुख शिव प्रसाद हुमागाई लगाएतका अन्य नेताहरुले समेत सम्बोधन गर्ने कार्यतालिका रहेको नेपाली कांग्रेस काभ्रेले खुल्ला खबर लाई जानकारी दिएको छ ।

त्यस्तै नेपाली कांग्रेसले माघ १९ गतेका दिन संसद विघटनको असंवैधानिक कदम र भ्रष्ट ओली सरकारको बिरुद्धमा आयोजना गरेको विरोध प्रदर्शन सभामा सबैलाई सामेल भइ लोकत्रान्त्रिक संबिधान रक्षाको पक्षमा उभिन समेत अनुरोध गरेको छ ।

Facebook Comments Box