माघ २९,
२०७७,काभ्रे/

देशै भर कोरोना भाईरस अर्थात कोभिड १९ का संक्रमित क्रमिक रुपमा घटिरहेको अवस्थामा काभ्रे जिल्लामा भने अब १२ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य कार्यलय काभ्रेले उपलब्ध गराएको विवरण अनुसार आज ३ जना कोरोना संक्रमित निको भए सँगै जिल्लामा अब ७ पुरुष र ५ महिला गरी १२ जना मात्रै कोरोनाका संक्रमित रहेका छन् । ति मध्ये २ जना अस्पताल आईसोलेसनमा छन् भने १० जना होम आईसोलेसनमा छन् ।

यस्तै आज काभ्रेमा नयाँ कोरोनाका संक्रमित नरहेको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्र कुमार झाले जानकारी दिए । काभ्रे जिल्लामा ४५ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ ।

काभ्रे जिल्लाका १३ स्थानिय तहमध्ये ७ वटा पालिकाहरु कोरोनाका बिरामी छैनन् । नमोबुद्ध नगरपालिका, भुम्लु गाउँपालिका, रोशी गाउँपालिका, तेमाल गाउँपालिका, महाभारत गाउँपालिका, खानीखोला र चौँरीदेउराली गाउँपालिकामा सक्रिय कोरोनाका संक्रमित नरहेको स्वास्थ्य कार्यलयका प्रमुख डा. झाले जानकारी दिए ।

Facebook Comments