यश कुमार परियार-फागुन ५,
२०७७,काभ्रे/

बेथानचोक गाउँपालिका वडा नं ३ गोर्खालीगाउँ थलीडाँडाको सिढीबाटो निर्माण कार्य शुरु भएको छ । गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तिमल्सिनाले आज एक कार्यक्रमका बिच सो कार्यको शुभारम्भ गरेका हुन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत युवाहरुलाई रोजगारी दिनको निमित्त उक्त कामको थालनि गरीएको वडा अध्यक्ष दिल बहादुर श्रेष्ठले जानकारी दिए । यो बाटो भएर दिनहुँ मानिसहरु आवत जावत गर्ने भएको हुँदा यसको निर्माण गर्न लागिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘स्थानिय बासीहरुको माथी बस्ती छ, उनिहरु ओहोर दोहोर गर्न सहजताको लागी बाटो निर्माण गर्न लागिएको हो’ उनले भने ।

बर्खामा गाडि नचल्दा बिरामी, कृषकहरुलाई समस्या हुने र यो सिढि बाटो निर्माण भयो भने आउजाउ गर्न ५० प्रतिशत समय बचत पनि हुने उनले बताए ।
बाटो बनाउन प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ लाख बजेट प्राप्त भएको छ । वडा अध्यक्ष श्रेष्ठका अनुसार २ महिना भित्र उक्त काम सम्पन्न हुनेछ ।

यस्तै वडामा थप ३ वटा बाटो निर्माणको चरणमा छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत महाङकाल थान खुट्टा पुछार सिँढि बाटो, उनिखर्क सल्लेनीधार हुँदै टावर हेर्न जाने बाटो र बेथानचोक नारायणथान सिँडी बाटो जाने बाटो रहेको छ । यि सबैको लागी २/२ लाख बजेट रहेको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस कार्यक्रममा श्रम गरेबापत सरकारले तोकेको ५ सय ७ रुपौँया ज्याला पाईने छ ।

Facebook Comments Box