काभ्रे,
चालु आर्थिक वर्षमा नेपालबाट यार्सागुम्बाको निर्यात साढे ९७ प्रतिशतले बढेको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको ३ महिनामा नेपालबाट ४६ करोड ४२ लाख रुपैयाँभन्दा बढीको यार्सागुम्बा निर्यात भएको छ ।
साउन, भदौ र असोजमा नेपालबाट कम्बोडिया, चीन, हङकङ, मलेसिया, सिङ्गापुर, भियतनाम लगायत मुलुकमा ४६ करोड ४२ लाख २५ हजार रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । विभागकाअनुसार ८ सय ५१ किलो यार्सागुम्बा निर्यात गरिएको हो । पोहोर यो अवधिमा ३ सय २ किलो यार्सागुम्बा निर्यात भएको थियो ।