काभ्रे,
काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेबेशीमा रहेको मेथिनकोट अस्पतालमा शल्यक्रिया सेवाको सुभारम्भ गरीएको छ । हिजो (सोमबार) बाट अस्पतालले शल्यक्रिया सेवा सुरु गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. मधुकर दाहालले जानकारी दिनुभयो । ‘अब अस्पतालमा नियमित रुपमा प्रसुति, जनरल र अर्थोपेडिक सर्जरी सेवा संचालन हुनेछ,’ मेसु डा. दाहालले भन्नुभयोे, ‘अस्पतालको क्रमसः सेवा, प्रविधी, उपकरण र जनशक्ति विस्तार गर्दै लगेका छौं ।’
मेथिनकोट अस्पतालमा वि.सं. २०५४ सालमा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको हो । वि.सं. २०६६ सालमा यो प्राथमिक स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएको थियो । वि.सं. २०७८ सालमा प्रादेशिक अस्पतालका रुपमा रहेको अस्पतालमा हाल ५० शैय्यामा संचालनमा छ ।
अस्पतालको स्तरोन्नति भएपछि पूर्वी पहाडी तथा पूर्वी तराईका जिल्लामा जाने बिपी राजमार्गमा हुने सडक दुर्घटनाका घाइतेल समेत समयमै उपचार सेवा पाएका छन् ।