काभ्रे,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको वार्ता निष्कर्ष बिहीन भएको छ । सभापति देउवाले बोलाएपछि वार्ताका लागि महाराजगञ्ज पुगेका महामन्त्रीद्वय र सभापतिबीच झण्डै डेढ घण्टा वार्ता भएपनि कुरा नमिलेपछि उनीहरु त्यहाँबाट बाहिरिएका छन् ।
वार्तामा रमेश लेखक, जीवन परियार, मीनेन्द्र रिजाल र बालकृष्ण खाँण पनि सहभागी थिए । ठोस निर्णय नआएपछि महामन्त्रीहरूले निर्वाचन समितिलाई जानकारी गराएर निर्वाचन प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।













