फागुन १२,
२०७७,काभ्रे/

काभ्रे जिल्लाको धुलिखेलमा मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम शुरु भएको छ । सञ्चार रजिष्ट्रारको कार्यालयद्वारा आयोजित कार्यक्रमको बागमती प्रदेशका उपसभामुख राधिका तामाङले उदघाटन गरेकि थिईन् । बागमती प्रदेशमा क्रियाशिल १९ जना पत्रकारलाई बुधबारदेखि फागुन १६ गतेसम्म उक्त तालिम दिईने छ ।

तालिममा बागमती प्रदेशका सिन्धुली, रामेछाप, दोलखा, काभ्रे, सिन्धुपाल्चोक, काठमाडौ, भक्तपुर, ललितपुर, नुवाकोट, मकवानपुरका २६.३ प्रतिशत महिला र ७३.७ प्रतिशत पुरुष पत्रकार सहभागी छन् । सहभागीहरुलाई प्रवेश सुवेदी र उमेश श्रेष्ठले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिदै छन् ।

उदघाटन कार्यक्रममा सञ्चार रजिष्ट्रार रेवतीप्रसाद सापकोटा, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष यदु गौतम र नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतिराम तिमिल्सिनाले पनि तालिम सफलताको शुभकामना दिएका थिए ।

Facebook Comments Box