फागुन १३,
२०७७,काभ्रे/

जिल्लाको पाँचखाल नगरपालिकाको न्यायपालिकामा जिल्ला अदालत काभ्रेले निरीक्षण गरकेो छ । स्थानीय तहमा न्यायपालिका सञ्चालन भइरहेको विषयमा जिल्ला अदालत काभ्रेले अनुगमन तथा निरीक्षण गरेको हो । जिल्ला न्यायाधिश सुर्य पराजुलीको नेतृत्वमा पाँचखाल नगरपालिकामा सञ्चालन भएको न्यायपालिकाको अनुगमन तथा निरीक्षण भएको हो । कसरी न्याय निरुपण भईरहेको छ, न्याय निरुपणमा आईपरेका समस्या, समाधानमा आईपरेका कठिनाई लगायत बिभिन्न पक्षमा अन्तर्क्रिरया गरिएको थियो ।

अनुगमनको क्रममा जिल्ला न्यायाधिशको टोलीले नगरपालिकामा स्थापना भएको इजलासको समेत निरीक्षण गरेका छन् । नगरपालिकाका उपप्रमुख एवं न्यायपालिकाका प्रमुख लक्ष्मी दनुवारका अनुसार नगरपालिकामा परेका उजुरी, त्यसको प्रकृया, फैशला कसरी गरिएका छ भन्ने विषयमा जिल्ला अदालतको टोली सँग छलफल भएको थियो । निरिक्षणको क्रममा नगरपालिकाको तर्फबाट उपप्रमुख दनुवार, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद हुमेगाईले सहजीकरण गरेका थिए ।

Facebook Comments Box