फागुन १२,
२०७७,काभ्रे/

बेथानचोक गाउँपालिका काभ्रेको न्यायीक समिती र समितिका गतिविधिका विषयमा आज काभ्रे जिल्ला न्यायाधीश लगायत अधिकृतहरु द्वारा अनुगमन भएको हो । अनुगमनका लागि गाउँकार्यपालिकामा पुग्नुभएका न्यायाधिशको टोलिलाइ गाउँपालिका उपाध्यक्ष एबम न्यायिक समिती संयोजक सरिता लामिछानेले स्वागत गर्नुहुदै गाउँपालिका न्यायिक समितिद्वारा गरिएका न्यायीक कार्य सम्पादनको बारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो ।

अनुगमनका क्रममा जिल्ला न्यायाधीशद्वारा न्यायीक समितिद्वारा सम्पादित न्यायीक निरुपणको प्रशंसा गर्नुभएको थियो । न्यायाधीशज्यु अनुगमन भ्रमणले न्यायीक समितिबाट गरिने कार्यका लागी थप उर्जा प्राप्त भएको उपाध्यक्ष एबम न्यायीक समिती संयोजक लामिछाने बताउनुभयो भने
न्यायाधीशद्वारा बेथानचोकको न्यायीक समितिले गरेका समग्र कार्यहरूको बारेमा जानकारी लिनुभएको थियो ।

Facebook Comments Box