फागुन १६,
२०७७,बनेपा/

बनेपा नगरपालिकाले नगर भित्रका कृषकहरुलाई एक कार्यक्रमका विच उन्नत नश्लको बोयर जातका बोका वितरण गरेको छ ।

नगर प्रमुख लक्ष्मी नरसिं बादेले नगरमा भौतिक विकास सगै नगरबासीहरुको आर्थिक स्तर उकास्नु पनि विकास रहेको बताउनु भयो । सुखि बनेपाली र समृद्धि बनेपा बनाउनु नगरको पहिलो उदेश्य रहेकाले सम्पुर्ण नगरबासीहरुका लागी खानेपानि, सडक, स्वास्थ्य, शिक्षा लगाएतका आधारभुत सुविधाहरु प्रदान गरेको बताउनु भयो । नगरबासीहरुको आर्थिक स्तर उकास्नका लागी उन्नत जातका बोयर बोका वितरण गरिएको बादेले बताउनु भयो । बादेले वितरण पछि उक्त बोकाहरुको राम्रोसगं संरक्षण गर्न र उत्पादन तथा आर्थिक स्तर उकास्न लाग्नका लागी आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहालले नगरले कृषि सामाग्री, पशुपन्छिहरु अनुदानमा वितरण गरिएको बताउनु भयो । कृषकहरुलाई तालिम, कृषि औजार वितरण, गोठ सुधार कार्यक्रम, माटो परिक्षण लगाएत कार्य गरेको बताउनु भयो । कार्यक्रममा वडा अध्यक्ष तथा आर्थिक समिती संयोजक सचितानन्द केसी, पशु पन्छि शाखा प्रमुख श्याम महतो लगाएतका ब्यक्तिहरुले मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा १० जना कृषकलाई बोका वितरण गरिएको र उक्त बोकाहरुको १ वर्ष सम्म विमा गरेको जनाएको छ । बोयर जातका बोका बाट उन्नत जातका बाख्राहरु उत्पादन हुने बताएको छ । बनेपा नगरपालिका दुधमा आत्म निर्भर भए सगै केहि बर्ष पछि मासुमा समेत आत्म निर्भरका लागी सहयोग पुग्ने बताएको छ । कार्यक्रम पशु प्राविधिक पवन केसीले सञ्चालन गर्नु भएको थियो ।

Facebook Comments Box