काभ्रे,
नियमित खोप कार्यक्रममा छुटेका बालबालिकालाई आज खोप लगाइँदैछ । बृहत ‘खोज र खोप’ अभियानअन्तर्गत सरकारले जन्मिएको १५ महिना भित्र लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिकाहरूलाई आज देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा खोप लगाउन अनुरोध गरेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले खोपले बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग गर्ने बताउनुभयो ।
यसअघि खोप लगाउन छुटेका सबै बालबालिकालाई आज नजिकैको खोप केन्द्रमा लैजान पनि उहाँले आग्रह गर्नुभयो । सरकारले आज यी खोज लगाउन छुटेका बालबािलकालाई खोप लगाउने निर्णय गरेको हो । यसअघि यही वैशाख १५ गते पनि यो अभियान सञ्चालन गरिएको थियो ।