यश कुमार परियार–चैत्र ९,
२०७६,काभ्रे/

काभ्रको नमोबुद्ध नगरपालिकाको नौविसेमा रहेको मेथिनकोट अस्पतालमा र पाँचखाल नगरपालिकको दुलालथोकमा रहेको पाँचखाल प्राथमिक उपचार केन्द्रमा ५/५ बेडको आइसोलेसन कक्ष स्थापना गरीने भएको छ । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार धुलिखेल अस्पतालमा ६ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा छ । त्यैसैगरी नमोबुद्धको मेथिनकोट अस्पताल र पाँचखालको पाँचखाल प्राथमिक उपचार केन्द्रमा ५÷५ बेडको आइसोलेसन कक्ष स्थापना गर्ने तयारी भईरहेको बताए । उनका अनुसार आइसोलेसन कक्षका लागि चाहिने सामग्री जुटाउने काम भइरहेको छ ।
छिमेकि मुलुक चिनको वुहानबाट विश्वव्यापी रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड–१९ को जोखिको तयारीका लागि मुलुक भर नै पुर्वतयारी भईरहेको छ । यस अघि काभ्रेको जिल्लाको सदरमुकाम धुलिखेलमा रहेको धुलिखेल अस्पताल र बनेपा घोगेचौरमा रहेको शिरमेमोरियल अस्पतालमा आइसोलेसन कक्ष स्थापन गरिएका छ । भाइरसको लक्षण देखिए वा भाईरसबाट संक्रमितलाई तत्काल उपचार गराउनका लागि आइसोलेसन कक्ष तयार गरिएको अस्पतालले जनाएको छ ।
स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर झाका अनुसार धुलिखेल अस्पतालमा ६ बेडको आइसोलेसन कक्ष तयारी अवस्थामा छ । कुनै पनि बिरामीलाई लक्षण देखा परेमा छुट्टै निगरानी कक्षमा राखीसल्लाह सुझाव दिएर अवस्था अनुसार चेकजाँजका लागि पठाउने तयारी भएको धुलिखेल अस्पतालले जनाएको छ । घाँटी र र्याल जाँचका लागि अस्पतालमा उपकरण नभएकोले त्यस्तो लक्षण देखिएका बिरामीहरुलाई परीक्षण गर्न टेकुमा पठाउने गरेको अस्पतालले जानकारी दिएको छ ।
त्यस्तै बनेपाको शिरमेमोरियल अस्पतालले ५ वटा वेडसहित आईसोलेसन कक्ष तयार पारेको छ । आवश्यक व्यवस्थापन सहित आईसोलेसन तयार गरिएको अस्पतालका आकास्मिक कक्ष प्राविधिक आनन्दप्रसाद दाहालले बताए । उपचार गर्ने स्वास्थ्यकर्मीको लागि समेत तयारी अवस्थामा राखिएको र आइतबारदेखि अस्पताल आउने हरुको बाहिरी प्रवेशद्धारमा नै ज्वरो नापेर मात्रै प्रवेश गर्ने व्यवस्था गर्दै आएको अस्पतालले जनाएको छ ।

Facebook Comments