काभ्रे,
काँग्रेसले राष्ट्रपतिका आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलका सांसदहरूलाई आज प्रशिक्षण दिने भएको छ । प्रशिक्षणमा सहभागी हुन काँग्रेसले राष्ट्रिय सभा र प्रतिनिधि सभाका सासंद्लाई दिउँसो १ बजे रोयल बैङ्क्वेट तीनकुनेमा बोलाएको छ ।
प्रशिक्षणमा काँग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेतासहित सांसदहरूको उपस्थित रहनेछ ।