रोशी सहकर्मी-चैत्र ९,
२०७६,बनेपा/
बनेपा नगरपालिका वडा नम्बर १३ भैँसे पाटीमा सवारी दुर्घटना हुदाँ बाबु छोरोको मृत्यु भएको छ । उदयपुर जिल्ला रौतमाई गाउँपालिका वडा न ४ का ३५ बर्षीय मीनबहादुर श्रेष्ठ र उहाँका ५ बर्षीय छोरा सुविन श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आज बिहान साढे छ बजे अरनिको राजमार्गमा दुर्घटना हुँदा बाबु छोराको मृत्यु र श्रीमती घाईते भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो । बनेपाबाट साँगा जाँदै गरेको बा ५ ख २३९० नम्बरको आइचर ट्रक र काठमाडौंबाट उदयपुर तर्फ जाँदै गरेको बा ५७ प ७२८ मोटरसाइकल आपसमा ठक्कर खाँदा बाबु, छोराको मृत्यु र श्रीमती घाईते भएकी छन । अन्दाजी २२/२३ बर्षीय सुमिता श्रेष्ठको बनेपा शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था मध्यमरहेको अस्पतालले जनाएको छ ।
प्रहरी निरीक्षक तिमिल्सिनाले चालक रामेछाप खाँडादेवि गाउँपालिका वडा नम्बर ७ का ३३ बर्षीय लक्ष्मिनारायण श्रेष्ठ र ललितपुर हात्तिवन बस्ने गाडी साहु गंगा तिमिल्सिनालाई निन्त्रणमा लिएको जानकारी दिनुभयो ।

Facebook Comments