काभ्रे,
रोशी गाउँपालिका वडा नम्बर ११ कालढुंगामा “दलित लक्षित कार्यक्रम“ अन्तर्गत बाख्रा तथाा प्रबिधी बितरण कार्यक्रम सम्पन्न भएको छ । वडाका दलित समुदायका २८ जनालाइ बाख्रा ५ जनालाइ सिलाई मेसिन बितरण एवं ७ जनालाइ आरन बितरन गरिएकोे वडा अध्यक्ष लालकुमार पाख्रिनले जानकारी दिनुभयो । कार्यक्रममा अध्यक्ष दिनेश लामाले रोशी गाउँपालिका भरिको दलित समुदायको छलफल तथा भेला मार्फत आबश्यकताको आधारमा माग अनुरुप सो प्रबिधी तथा बाख्रा बितरण गरिएको बताउनुभएको छ ।
यो कार्यक्रमले दलित समुदायको परम्परागत पेसालाइ बढावा दिनुका साथै आर्थिक उपार्जनमा सहयोग पुग्ने अध्यक्ष दिनेश लामाले विस्वास ब्यक्त गर्नुभएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिम ब. वाईवा, प्रबक्ता वसन्त तामाङ, वडा नम्बर १० को ओडा अध्यक्ष बिकेन तामाङ, वडा नम्बर ११ को वडा अध्यक्ष लालकुमार पाख्रिन लगायतको सहभागिता रहेको थियो ।