काभ्रे,
बीपी राजमार्गको रोशी गाउँपालिका खण्डमा एकतर्फी यातायात सूचारु भएको छ । अहिले कालढुंगामा भने बढी समस्या छ । कालढुंगा बाहेक हिजो अवरुद्ध भएको सबै ठाउँमा डोजर लगाएर लेदो पन्छाएपछि यातायात पूर्णरुपमा सञ्चालनमा आएको छ ।
कालढुंगामा चारवटा सवारी साधन लेदोले पुरेको थियो । ती मध्ये १ वटा मात्रै निकालिएको छ । अझै ३ वटा सवारी साधन निकाल्न बाँकी रहेको ईप्रका मंगलटारले जनाएको छ । हिजो साँझ परेको पानीसंगै सडक माथिबाट आएको लेदोले रोशी गाउँपालिका क्षेत्रका विभिन्न ठाउँमा बीपी राजमार्ग अवरुद्ध भएको थियो ।