Thursday, April 2, 2026
Date
बिहि, चैत्र १९, २०८२
Thu, April 2, 2026
Schedule
Radio Roshi
Advertisement
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • अपराध
  • विविध
    • जीवन शैली
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • समाज चित्र
    • ग्यालरी
    • Roshi Khabar E-Paper
  • शिक्षा
  • काभ्रे खबर
  • कृषि
  • प्रदेश खबर
Radio Roshi

बिपी राजमार्गको क्षतिग्रस्त खण्ड पुनर्निर्माण गरिंदै

RadioRoshi by RadioRoshi
बिहिबार, चैत्र ७, २०८१
in Roshi Khabar E-Paper, काभ्रे खबर
0
बिपी राजमार्गको क्षतिग्रस्त खण्ड पुनर्निर्माण गरिंदै
589
SHARES
3.3k
VIEWS
Share on FacebookShare on Twitter

काभ्रे,

गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्ड स्थायी रूपमा पुनर्निर्माण गरिने भएको छ । दुई सडकखण्ड पुनर्निर्माणका लागि डिभिजन सडक कार्यालय भक्तपुर र सिन्धुलीले ठेक्का आह्वान गरिसेकका छन् ।

You might also like

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

बाढीपहिरोबाट क्षतिग्रस्त भएको पाँच महिनापछि राजमार्ग पुनर्निर्माणका लागि ठेक्का आह्वान गरिएको हो । गत असोजमा रोशी खोलामा आएको बाढीले रोशीदेखि नेपालथोकसम्मको करिब १३ किलोमिटर सडकमध्ये साढे आठ किमी सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । त्यसरी क्षतिग्रस्त सडक खण्डको पुनःनिर्माण गर्न चार प्याकेजमा काम गरिने जनाइएको छ ।

क्षतिग्रस्त सडकखण्डमध्ये सिन्धुलीतर्फ भने पहिलो प्याकेजका रूपमा गत फागुन २८ गते ‘टेन्डर’ आह्वान गरिएको थियो । यसमा नेपालथोकदेखि वर्षेखोलासम्मको सडकखण्ड पर्नेछ । जसका लागि रु ७२ करोडमा ठेक्का आह्वान गरिएको हो । यसमा सहभागी हुने कम्पनीले एक करोड ८२ लाख ५० हजार सुरक्षण राख्नुपर्ने जनाइएको छ । बाँकी क्षतिग्रस्त तीन प्याकेज सडकखण्ड भने काभ्रेपलाञ्चोकमा पर्नेछ ।

काभ्रेपलाञ्चोतर्फको क्षतिग्रस्त सडक पुनर्निर्माणका लागि मंगलबार पहिलो टेन्डर आह्वान गरिएको हो । यसतर्फको आठ किमी सडक (डालाबेंसीदेखि–चारसयाबेंसीसम्म) पुनर्निर्माणका लागि दुई अर्ब ५० करोड बजेट छुट्याइएको डिभिजन कार्यालयले जनाएको छ । यसमा आवेदन दिने निर्माण कम्पनीले ६ करोड ५० लाख ‘सेक्युरिटी’ बापत राख्नुपर्ने जनाइएको छ ।

गत फागुन ६ गते अर्थ मन्त्रालयले बिपी राजमार्ग पुनर्निर्माण गर्न आठ अर्ब ५० करोड स्रोत सहमति दिइसकेको छ । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर बोलपत्र आह्वान गरिएको डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो । उहाँको अनुसार काभ्रेपलाञ्चोकतर्फको बाँकी दुई टेन्डर पनि भक्तपुर कार्यालयले क्रमशः आह्वान गर्नेछ ।

सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार दुई वर्षमा निर्माण सक्नेगरी तयारी भइरहेको छ । ठेक्का आह्वान गरिएका सडकखण्डमा ३० दिनसम्ममा आवेदन दिन सकिने छ । प्राविधिक र आर्थिक मूल्याङ्कन सकिएपछि करिब दुई महिनामा ठेक्का सम्झौता हुनेछ । पुनर्निर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित दुई लेनको सडक हुने सिनियर डिभिजनल इन्जिनियर योगेशले यागेशले बताउनुभयो । यसअघि ‘इन्टरमिडियट लेन’को सडक थियो ।

उक्त राजमार्गअन्तर्गत क्षतिग्रस्त सडक स्थायी रूपमा निर्माण हुनुअघि आउँदो वर्षायाममा सडकमा नियमित यातायात सञ्चालनका लागि अस्थायी मर्मत कार्य भइरहेको छ । तीन साताअघि सुरु गरिएको यस कार्यलाई तीव्रता दिइएको छ । डिभिजन कार्यालयले राजमार्गअन्तर्गत क्षति पुगेको नमोबुद्ध नगरपालिकाको चौकीडाँडादेखि काभ्रेपलाञ्चोक र सिन्धुलीको सीमास्थल नेपालथोकसम्मको अस्थायी मर्मतकार्यलाई तीव्र पारिएको जनाएको छ ।

बाढीले काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा ठूलो क्षति पु¥याएकाले सोही क्षेत्रलाई प्राथमिकता दिई मर्मतकार्य भइरहेको जनाइएको छ । हाल लोडर र डोजर प्रयोग गरी सडक मर्मतको कामलाई तीव्रता दिइएको छ । सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म ग्राभेल भरेर उठाउने तथा अफ्ठ्यारो स्थानमा जाली भरेर उचाइ बनाउन थालिएको हो ।

क्षतिग्रस्त सडक चौडा पार्ने, सम्याउने तथा ग्राभेल भेरेर रोशी खोलालाई गहि¥याएर खोलाको सतहभन्दा करिब तीन मिटर उचाइ बनाउने काम भइरहेको छ । कुल १३ किलोमिटर क्षतिग्रस्त सडकमध्ये पहिलो चरणमा आठ किलोमिटर मर्मत गरिनेछ भने बाँकीको थप मर्मतका लागि योजना बनाइने छ । बाढीले रोशी किनारको सडकको अधिकांश भाग बगाएको थियो ।

राजमार्गको धुलिखेल–नेपालथोक र नेपालथोक–खुर्कोट सडकखण्ड अस्थायी रूपमा मर्मतका लागि सरकारले २१ करोड २५ लाख बजेट विनियोजन गरेको छ । बजेट कार्यान्वयनका लागि कामको ‘डिजाइन’ भइरहेको र डिजाइन सकिएपछि लागत विवरण बनाएर स्थायी रूपमा पुनर्निर्माण गर्न ठेक्का प्रक्रियामा जाने सिनियर डिभिजनल इन्जिनियर योगेशले बताउनुभयो ।

हाल काठमाडौँबाट रामेछाप, सिन्धुलीलगायत पूर्व जाने यातायातका साधन खोलाको बगरमा रहेको कच्ची सडक प्रयोग गरिरहेका छन् ।– रासस

Previous Post

चौकीडाँडामा आगलागीः घरमा रहेको समानसहित घर पूर्ण क्षती

Next Post

आजदेखि एसईई परीक्षाः पाँच लाख भन्दा धेरै विद्यार्थी सहभागी

RadioRoshi

RadioRoshi

Related Posts

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

by RadioRoshi
बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

by RadioRoshi
मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

by RadioRoshi
शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

by RadioRoshi
शुक्रबार, चैत्र १३, २०८२
Next Post
आजदेखि एसईई परीक्षाः पाँच लाख भन्दा धेरै विद्यार्थी सहभागी

आजदेखि एसईई परीक्षाः पाँच लाख भन्दा धेरै विद्यार्थी सहभागी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

On Air

no events found

Up Coming Program

no events found

Recommended

मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढी चालकबाट चार करोड राजस्व सङ्कलन

मापसे गरी सवारी चलाउने ३९ हजारभन्दा बढी चालकबाट चार करोड राजस्व सङ्कलन

बिहिबार, माघ १८, २०८०
मण्डनदेउपुरलाई बालमैत्री नगर घोषणाका लागि कार्य योजना निर्माण

मण्डनदेउपुरलाई बालमैत्री नगर घोषणाका लागि कार्य योजना निर्माण

मङ्लबार, मंसिर २७, २०७९

Categories

  • Roshi Khabar E-Paper
  • अन्तरबार्ता
  • अपराध
  • काभ्रे खबर
  • कृषि
  • खेलकुद
  • ग्यालरी
  • जीवन शैली
  • तपाइको सृजना
  • प्रदेश खबर
  • राजनीति
  • रोशी खबर
  • रोशी प्रोफाईल
  • विविध
  • विश्व
  • शिक्षा
  • समाज चित्र
  • सहकारी
  • साहित्य / ब्लग
  • स्थानीय खबर
  • स्थानीय तह
  • स्वास्थ्य

Don't miss it

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी
Roshi Khabar E-Paper

काभ्रेका ६ हजार २ सय ८ विद्यार्थी एसईईमा सहभागी, एक महिनाभित्रै नतिजा प्रकाशन गर्ने तयारी

बिहिबार, चैत्र १९, २०८२
काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ
Roshi Khabar E-Paper

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

मङ्लबार, चैत्र १७, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ
Roshi Khabar E-Paper

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ

शनिबार, चैत्र १४, २०८२
रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार
Roshi Khabar E-Paper

रोशी खोलाको बाढीले बगाएर एक जनाको मृत्यु, ७ जनाको उद्धार

शनिबार, चैत्र १४, २०८२
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद
Roshi Khabar E-Paper

यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित १५ सदस्यीय मन्त्रिपरिषद

शुक्रबार, चैत्र १३, २०८२
नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै
Roshi Khabar E-Paper

नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण तालिम दिँदै

शुक्रबार, चैत्र १३, २०८२
Radio Roshi

रेडियो रोशी १०१.६ मेगाहर्ज

सामुदायिक रेडियो सेवा रेडियो रोशी १०१.६ मेगाहर्ज बि.स. २०७५ सालदेखि काभ्रेजिल्लामा संचालित रहेको छ । रोशी गाउँपालिका द्वारा स्थापित र नाङ्शाल एसोसिएसन नेपालद्वारा संचालित यश रेडियोले समृद्धिको लागि सञ्चार भन्ने मुल नारा बोकेर अगाडि बढिरहेको छ । काभ्रेको १३ वटै स्थानीय तहलाई लक्षित गरि स्थापना भएको यस रेडियोको क्षमता ५०० वाट रहेको छ । रेडियो रोशीलाई तपाईंले काभ्रे जिल्ला साथै आसपासका २० वटा भन्दा बढी जिलाबाट १०१.६ मेगाहर्जबाट, www.radioroshi.org.np र हाम्रो पात्रो एपमा रेडियो रोशी सर्च गरेर बिश्वको कुनै पनि कुनाबाट सुन्न सकिन्छ ।

Contact Us

रेडियो रोशी १०१.६ मेगाहर्ज
कार्यलय भकुण्डेबेशी काभ्रेपलाञ्चोक
सम्पर्क नम्बरः ०११४०४१७८
email: radioroshi@gmail.com

Useful Links

तपाइको सृजना

रोशी प्रोफाईल

स्थानीय तह

साहित्य / ब्लग

राजनीति

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.

No Result
View All Result
  • राजनीति
  • खेलकुद
  • अन्तरबार्ता
  • जीवन शैली
  • रोशी खबर
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • विविध
    • समाज चित्र
    • साहित्य / ब्लग
    • रोशी प्रोफाईल
    • तपाइको सृजना
    • ग्यालरी
    • अपराध
    • Roshi Khabar E-Paper
    • Schedule
  • शिक्षा
  • रोशी खबर
  • शिक्षा
  • प्रदेश खबर
Nature

© 2022 Radio Roshi 101.6 Mhz - Hosted by TooFan Commnunication Network.