रोशी सहकर्मी–असार २६,
२०७७,काभ्रे/

कोरोनाको जोखिम बढेपछि गृह मन्त्रालयले अनिर्वाय माक्स लगाउनुपर्ने बताएको भएपनि काभ्रे जिल्लामा भने त्यसको पूर्णपालना नभएको पाइएको छ । गृहको पत्र पाएसँगै काभ्रे जिल्लामा पनि माक्स नलाउनेलाई सम्झाई, बुझाई पठाउन लागिएको छ । आज मात्र २३९ पुरुष र १८० जना महिला सहित ४१९ जनालाई सम्झाई बुझाई पठाएका जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

यस्तै आजसम्ममा काभ्रे जिल्लामा २०५ जना तेस्रो मुलुकबाट फर्किएका छन । तेस्रो मुलुकबाट फर्किनेमा सबै भन्दा बढी धुलिखेल नगरपालिकामा ३५ र सबै भन्दा कम भुम्लु गाउँपालिकामा छ रहेका छन । त्यस्तै जिल्लामा ८५१ वेडको क्वारेन्टाइन र २७ वेडको आइसोलेसन वार्ड तयार भएका छन ।

आज जिल्लाका विभिन्न क्वारेन्टाइनमा १२५ पुरुष र १७ महिला सहित १४२ जना बसेका छन । हालसम्म ६३० पुरुष र १३३ महिला सहित ७६३ क्वारेन्टानइनमा बसेका थिए ।

Facebook Comments Box