फागुन २१,
२०७७,काभ्रे/

फागुन २२ गते हुने काभ्रे उद्योग बाणिज्य सङघको निर्वाचनको सरगर्मी बढेको छ । बर्तमान कार्यसमितिका उपाध्यक्ष राजेन्द्र पसंछे र कोषध्यक्ष बसन्तनारायण भोछियोयाको नेतृत्वमा छुटाछुटै प्यानल नै बनाएर निर्वाचनमा गएपछि निर्वाचनको सरगर्मी ह्वातै बढेको छ ।

व्यवसायीहरु यती खेर दुई कित्तामा बाढिएर मत मागिरहेका छन । दुवै समूहले उम्मेदवारहरुको प्रतिवद्धता, परिचयात्मक कार्यक्रम तथा प्रचार प्रसारलाई तीव्रता दिएका छन ।
एक हजार १९५ जना मतदाता रहेको काभ्रे उद्योग बाणिज्य संघमा ३५ सदस्यीय कार्यसमितिका लागि ४० जनाले उम्मेदवारी दर्ता गराएका थिए । बरिष्ठ उपाध्यक्ष पदमा प्रताप बैद्य पुनः निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै मुख्य संयोजक राजेशकुमार श्रेष्ठ र सचिव यसकुमार रञ्जित निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

उपाध्यक्ष दुई पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा स्यम्भुराज शाक्य, ग्रुवेन तौजले र कैलाश पलाञ्चोके रहनुभएको छ । महासचिव पदका लागि विकाश शर्मा तिमल्सिना र रविन्द्र बैदार प्रतिस्प्रर्धामा हुनुहुन्छ । बैदार पसंछेको समूहबाट र तिमल्सिना भोछिभोयाको समूहबाट उम्मेदार उठनुभएको छ । कोषाध्यक्ष पदका लागि रञ्जित पलाञ्चोके र कृष्णलाल श्रेष्ठ बीच प्रतिस्पर्धा हुने भएको छ । त्यस्तै सह सचिव पदका लागि विज्ञान धौगोडा र हरिकुमार कर्माचार्यको उम्मेदवारी दर्ता भएको छ । सह कोषाध्यक्ष पदका लागि सुविन्द्र राजभण्डारी र भिमप्रसाद ढकालको उम्मेदावरी दर्ता भएको छ । सह मुख्य संयोजक पदमा बोधनाथ बजगाई र रुसन श्रेष्ठ प्रतिस्प्रर्धामा हुनुहुन्छ । १० जना खुल्ला तर्फको कार्यसमिति सदस्य पदका लागि १४ जनाको उम्मेदवारी दर्ता भएको छ ।

Facebook Comments Box