फागनु २४,
२०७७,काभ्रे/

१११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा नमोबुद्ध नगरपालिकाका लागि सुविधा सम्पन्न एम्बुलेन्स प्राप्त भएको छ ।

बेन चोङ एण्ड फ्रेण्डस म्याजिकल लाइट र किमोलुङ फाउण्डेशन नेपालले सहयोग स्वरुप उपलव्ध गराएको एम्बुलेन्स सोमबार किमोलुङ फाउण्डेशनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले नगर प्रमुख टिपी शर्मा तिमल्सिनालाई साँचो हस्तान्तरण गरेका हुन् ।

उक्त एम्बुलेन्स नमोबुद्ध नगरपालिकाले फेन्दे फाउण्डेशन नेपाल अन्तर्गत नमोबुद्ध नगरपालिका वडा नं. १ मा सञ्चालित ठ्राङ्गु फेन्दे क्लिनिकलाई प्रदान गरिनेछ । क्लिनिकले नमोबुद्ध नगरपालिकाका दाप्चा भेगका सर्वसाधारणका लागि लक्षित गर्दै एम्बुलेन्स सञ्चालन गर्नेछ ।

कोभिड महामारीको समयमा राहत वितरण लगायतका कार्यमा समेत सहयोग गरेका किमोलुङ फाउण्डेशनका संस्थापक अध्यक्ष वाङचुक राप्तेन लामाले कार्यक्रममा नगरबासी महिलाहरुको स्वास्थ्य समस्यालाई नजिकैबाट नियालेका कारण उनीहरुको सेवाका लागि एम्बुलेन्स सहयोग गरेको बताए । कार्यक्रममा फेन्दे फाउण्डेशनका केम्पो चोङजीले एम्बुलेन्स सहयोग उपलव्ध गराएकोमा सहयोगी दाताहरुप्रति आभार प्रकट गरेका थिए ।

Facebook Comments Box