
फागुन २५,
२०७७,काभ्रे/
धादिङको बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका नाला घर भएका चालक ४५ वर्षीय विष्णु घिमिरे र सहचालक २८ वर्षीय सुमन सञ्जेल रहेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले जानकारी दिए ।
रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली नदीमा खसेको हो ।
दुवैको ट्रकले थिचेर मृत्यु भएको र दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले जानकारी दिए ।