फागुन २५,
२०७७,काभ्रे/

जिल्लाको रोशी गाउँपालिकाको गाउँ शिक्षा समितिको वैठक सम्पन्न भएको छ । गाउँपालिकाको कार्यालय कटुन्जेवेशीमा पालिका अध्यक्ष डि.वि. लामाको अध्यक्षतामा बसेको बैठकमा नेपाल सरकारबाट प्राप्त विद्यालय क्षेत्र विकास कार्यक्रम अन्तर्गतको शसर्त अनुदानका कार्यक्रमहरुको बारेमा छलफल गरिएको थियो ।

बैठकले इन्द्रोदय आधारभूत विद्यालय रोशी ८, गणेश माध्यमिक विद्यालय रोशी १२, पञ्चकन्या मा.वि. रोशी १०, देवी मा.वि. रोशी ३ लाई वास सहितको शैचालय वितरण गर्ने निर्णय गरेको छ । त्यसैगरी पोक्रा मा. वि. रोशी ११, गणेश मा.वि. रोशी १२ लाई विज्ञान प्रयोगशाला प्रदान गर्ने निर्णय गरेको छ । त्यसैगरी पञ्चकन्या मा. वि. रोशी १० र नागदेवी मा.वि. रोशी ४ लाई पुस्तकालय, विन्धवासिनाी मा.वि. रोशी १२, भूमेस्थान प्रा.वि. रोशी ८ र अमरनाथ प्रा. वि. रोशी ७ लाई अंग्रेजी, गणित, विज्ञान विषयका किट्स सामग्री वितरण गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख राम बहादुर तामाङले जानकारी दिए ।

त्यसैगरी नयाँ शैक्षिक शत्र २०७८ को शैक्षिक क्यालेण्डर निर्माण गर्न शिक्षा शाखाले सम्बद्ध पक्षहरुसँग निर्माण गर्न शिक्षा शाखालाई जिम्मेवारी दिने र रोशीको शैक्षिक गुणस्तर सुधार गर्न २०७७ साल चैत्र चैत्र महिना भित्र माध्यमिक विद्यालय को वि.व्य. स. अध्यक्ष र प्रधानाध्यापक गोष्ठी सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख तामाङले जानकारी दिए ।

वैठकमा प्रमुख प्रशासकिय अधिकृृत डम्बरु दाहाल, समाजिक विकास संयोजक धनजीत लामा लगायतका अन्य सदस्यहरुको उपस्थिति रहेको शिक्षा शाखाका भिम प्रसाद भट्टराईले जानकारी दिए ।

Facebook Comments Box