चैत्र १,
२०७७,कटुन्जेबेशी
/

रोशी गाउँपालिकामा फागुन २३ बाट सुरु भएको ६५ बर्ष उमेर माथिको खोप अभियान शनिवार सम्पन्न भएको छ । गाउँपालिकाले सात खोप केन्द्र मार्फत कोरोना बिरुद्धको खोप अभियान सञ्चालन गरेको थियो ।
फागुन २३ देखी २९ गते सम्ममा जम्ममा ५३९ जना जेष्ठ नागरिकले रोशीमा खोप लगाएका छन । स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार जिल्लाका १३ स्थानीय तहमा शनिवार सम्म १३ हजार ८७२ जनाले खोप लगाउँदा रोशी गाउँपालिकामा ५३९ जनाले खोप लगाएका छन ।

गाउँपालिकाले फागुन २३ गतेदेखी २९ गते सम्म सात खोप केन्द्रमा मार्फत दुई हजार ३७८ जना जेष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको थियो । तर त्यो अनुसार सहभागिता नभएको पाइएको छ ।
रोशी गाउँपालिकाले फागुन २३ गते वडा न १, २ र ३ का ६५७ जेष्ठ नागरिकलाई रोशी अस्थायी अस्पताल खहरेपाँगुमा खोप लगाउने व्यवस्था मिलाइएको थियो । त्यो खोप केन्द्रमा १२० जनाले मात्र खोप लगाएका छन । त्यस्तै फागुन २४ गते वडा न ४ का जेष्ठ नागरिकलाई महादेवटार स्वास्थ्य चौकीमा खोप लगाएको थियो । उक्त वडामा १३८ जेष्ठ नागरिकलाई खोप लगाउने लक्ष्य लिएको भएपनि ४० जना मात्र खोप लगाउनका लागि आएका थिए ।

फागुन २५ गते वडा न ५ को सिसाखानी स्वास्थ्य चौकीमा खोप लगाउने व्यवस्था पालिकाले मिलाइएको थियो । उक्त वडामा १७२ जेष्ठ नागरिकले खोप लगाउने लक्ष्य लिएको भएपनि जम्मा ६० जनाले खोप लगाएका थिए । फागुन २६ गते वडा न ६ मा खोप लगाइने व्यवस्था पालिकाले गरेको थियो । उक्त वडाको सिपाली स्वास्थ्य चौकीमा १९८ जेष्ठ नागरिकलाई खोप लगाइने लक्ष्य लिएको भएपनि ५० जनाले मात्र खोप लगाएका थिए ।

रोशी गाउँपालिकाको वडा न ७ र ८ का जेष्ठ नागरिकलाई फागुन २७ गते कटुन्जे स्वास्थ्य चौकीमा गाउँपालिकाले खोप लगाउने व्यवस्था मिलाइएको थियो । उक्त खोप केन्द्रमा ३०३ जेष्ठ नागरिकले खोप लगाउने लक्ष्य लिएको भएपनि ८० जेष्ठ नागरिकले मात्र खोप लगाएका थिए । फागुन २८ गते वडा न ९ र १० का जेष्ठ नागरिकले मंगलटार स्वास्थ्य चौकीमा खोप लगाएका थिए । खोप कार्यक्रममा ५४३ जना जेष्ठ नागरिक आउने अपेक्षा गरिएको भएपनि जम्मा १४० को सहभागिता रहको थियो । त्यस्तै पालिकाले २९ गते शनिवार वडा न ११ र १२ को भीमखोरी स्वास्थ्य चौकीमा खोप केन्द्र तोकेको थियो । उक्त दुई वडाका ३६७ जनालाई खोप लगाउने लक्ष्य लिएको भएपनि जम्मा ४९ जनाले खोप लगाएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।
रोशी गाउँपालिकाले एक स्वास्थ्यकर्मीले १२५ जेष्ठ नागरिकलाई खोप लगाउने व्यवस्था मिलाएको थियो । गाउँपालिकाले १२५ जना जेष्ठ नागरिक बराबर एक स्वास्थ्यकर्मी र तीन स्वयमसेवक व्यवस्था मिलाएको छ ।

Facebook Comments Box