चैत्र ५,
२०७७,काभ्रे
/
जिल्लाको रोशी गाउँपालिका वडा नं ५ मा रहेको सिसाखानी स्वास्थ्य चौकीमा संचालित एम्बुलेन्स संचालक समितिको वार्षिक साधारण सभा सम्पन्न भएको छ । पुर्व सांसद एबं संविधान सभा सदस्री युवा नेता तिर्थ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडा नं ५ का अध्यक्ष तिर्थ बहादुर लामाको अध्यक्षता रहेको थियो । कार्यक्रममा विशेष अतिथि रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौला, अतिथिहरुमा सामाजिक एवं राजनितिक व्यक्तित्व मीन बहादुर वाइबा, नीर ध्वज लामा, दावा लामा, वडाका जनप्रतिनिधि, स्वास्थ्य चौकिका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
       कार्यक्रममा रोशी गाउँपलिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलालाई आफ्नो सेवा सुबिधा बापतको रकमबाट एम्बुलेन्स खरिद गरि स्वास्थ्य चौकिलाई हस्तान्तरण गरेर स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको थियो ।
उक्त एम्बुलेन्स रोशी गाउँपलिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले सहयोग गरेकी थिइन् ।
उनलाई  सरकारबाट गाडी किन्न आएको रकमबाट आर्थिक बर्ष २०७५/०७६  मा २ वटा एम्बुलेन्स खरिद गरि गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो ।
  कार्यक्रममा प्रमुख अतिथी तिर्थ लामाले एम्बुलेन्स संचालक समितिले परदर्सी रुपमा काम गरेकोमा धन्यवाद दिए । यसरी अन्य समयमा पनि पारदर्सी रुपमा काम गर्न शुभकामना दिँदै वडाका समग्र बिकासमा आफ्नो तर्फबाट सदैब सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गरे । गाउँपालिका उपाध्यक्षले एम्बुलेन्स खरिद गरि वडाको सेवामा लगाएको प्रति खुसी व्यक्त गर्दै अन्य सामाजिक कार्यमा निरन्तर लग्न शुभकामना दिए ।
यस्तै कार्यक्रममा रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले संचालक समिती एवं वडाले दिएको सम्मान प्रती धन्यवाद दिदै संचालक समितिले राम्रो काम गरेकोमा प्रशंसा गरिन् । आफू गाडी चढेर जनता उपचार नपाएर छट्पटाएको हेर्न नसक्ने भएका कारण एम्बुलेन्स खरिद गरि सेवामा खटाएको बताईन् ।
       कार्यक्रमका सभाध्यक्ष एवं वडा नं ५ का वडा अध्यक्ष तिर्थ बहादुर लामाले संचालक समितिलाई शुभकामना दिँदै वडाको बिकासमा राजनितीक हिसाबमा नभिइ जनप्रतिनिधि भई निरन्तर लागि पर्ने बताए ।
हाल सिसाखानी स्वास्थ्य चौकिमा कार्यलय प्रमुख अहेब जय नरायण राय, १ जना अहेब, १ जना कार्यलय सयोगी गरि ३ जना कर्मचारी छन् ।
  कार्यक्रममा एम्बुलेन्स संचालक समितिका अध्यक्ष दिल दोर्जे लामाले संचालन गरेका थिए ।
 

Facebook Comments Box