चैत्र ८,
२०७७,काभ्रे/

जिल्लाको बेथानचोक गाउँपालिका वडा नं ३ स्थित नारायणस्थानमा घुम्न गएका एक पर्यटकको भिरबाट खसेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा धुलिखेल नगरपालिका वडा नम्बर ४ का २३ वर्षिय निरोज रिजाल रहेका छन् । शुक्रबार धुलिखेलबाट बेथानचोक नारायणस्थानको दर्शन गर्न पुगेका ४ जना व्यक्ति मध्ये रिजालको खसेर मृत्यु भएको ढुंखर्क प्रहरीले जनाएको छ । मन्दिर परिसर नजिकै बसेका रिजाल शुक्रबार राती बाहिर पिसाव फेर्न मन्दिर छेउको डाडामा निस्कीएको र चिप्लीएर लडेको बताईएको छ ।

रिजालको शव कालीजङ्ग गणबाट खटिएको माउन्टेन वारफेर तालिम प्राप्त सैनिकले निकालेर जिल्ला प्रहरी कार्यलय काभ्रेमा बुझाईएको छ । रिजाल करिब १ हजार मिटर तल खसेका थिए । मृतक रिजाल काठमाडौं युनिभर्सिटीमा कार्यरत थिए ।

Facebook Comments Box