चैत्र २०,
२०७७,काभ्रे/

पानीको अभावले विभिन्न समस्या झेल्दै आएका जिल्लाको पाँचखाल नगरपालिका वडा नं ६ का स्थानिय अहिले खुसी छन् । वडाको तिनपिप्ले, एकताबस्ती र पौडेलथोकमा बाग्मती प्रदेशसभा सांसद लक्ष्मण लम्सालको पहलमा पानीको समस्या समाधान भए पछि करीब ४ सय घर परिवार खुसी भएका हुन् ।

विहिबार, उक्त आयोजना समापन कार्यक्रमको उद्धघाटन सांसद लम्सालले गरेका थिए । सांसद लम्सालले निर्वाचनमा जनता समक्ष गरेका प्रतिबद्धता पूरा गरेका छन् । लम्सालले उक्त क्षेत्रको समस्यालाई समाधान गर्ने अठोट लिएर निर्वाचनको समय चुनावी ऐजेन्डामा उक्त समस्यालाई पनि समावेश गरेका थिए । अहिले उक्त क्षेत्रमा डिप बोरिङ गरी पानी वितरण सुरु गरिएको छ । पानी वितरण भएसँगै दुई दशकदेखिको समस्या समाधान भएको स्थानियले बताउँछन् ।

यस खानेपानी आयोजनाका लागि सांसद लम्सालको पहलमा बाग्मती प्रदेश पूर्वाधार विकास कार्यक्रम अन्र्तगत आर्थिक वर्ष २०७६÷७७ मा ५० लाख बजेट विनियोजन भएको थियो ।

Facebook Comments Box