चैत्र २२,
२०७७,काभ्रे/

बेथानचोक गाउँपालिका –५ नम्बर वडाको च्याल्टिमा निर्मित कालिदेबी मन्दिरको निर्माणकार्य सम्पन्न भएको छ । शनिबार मन्दिर स्थलको स्थरउन्नति सम्पन्न भएसँगै वडा अध्यक्ष खजेन्ची बहादुर लामाले उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि लामाले मन्दिर सबैको आस्थाको धरोहर रहेको र सबैले एकजुट भएर धर्म संस्कृतिको जगेर्ना गर्न आआफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने बताए ।

द्वन्दकालमा तत्कालीन गाउँ बिकास समितिले कालिदेबी मन्दिर निर्माणका लागि ३५ हजार रुपैयाँ बिनियोजन गरेको तर द्वन्दका कारण मन्दिर निर्माण हुन सकेको थिएन । आ.व. २०६४/६५ मा कांग्रेस नेता शिव प्रसाद हुमगाँइको पहलमा संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत २५ हजार, शिव प्रसाद हुमगाइ मार्फत संसद बिकास कोषको ५० हजार, स्थानीय निर्वाचन पछी वडाका तर्फबाट २ लाख, वडा अध्यक्ष खजेन्ची लामाले ब्यक्तिगत ३० हजार रुपैयाँ र अन्य सहयोगी मनहरुले समेत गरि करिब २ लाख ८५ हजार रुपैयाँ मन्दिर निर्माणका लागि प्राप्त भएको थियो ।

मन्दिर निर्माण समिती अध्यक्ष एबम समाजसेवी देश बहादुर लामाले दान गरेको रकमको सदुपयोग गर्दै मन्दिर निर्माण सम्पन्न भएको भन्दै सबैलाई धन्यवाद दिए ।

Facebook Comments Box