चैत्र २२,
२०७७,काभ्रे/

बेथानचोक गाउँपालिका वडा नम्बर २ स्थित पार्वती माध्यमिक विद्यालयका ३१ जना विद्यार्थिहरुलाई छात्रवृत्ति बितरण गरिएको छ । कृन्जल फाउन्डेशनका निर्देशक क्षितिज राज लोहनीको पहलमा अमेरिकामा बसोबास गर्ने नेपाली विद्यार्थीहरुले अभियान मार्फत सङ्कलन गरिएको रकमलाई कृन्जल फाउन्डेशनको शिक्षा दिक्षा कार्यक्रम अन्तर्गत पार्बती माध्यमिक विद्यालयमा अध्ययनरत गरिब जेहेन्दार तथा टुहुरा विद्यार्थीहरुलाई उक्त रकम बितरण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बेथानचोक गाउँपालिका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले सम्बोधन गर्दै संस्थाले विद्यार्थीहरुको शैक्षिक विकासमा सहयोग गर्ने जस्तो पवित्र कार्यको प्रसंशा गरे । साथै उनले संस्थालाई बेथानचोकको पार्बती माध्यमिक विद्यालय सम्म ल्याउन समन्वयकारी भुमिका खेल्ने समुद्र तिमल्सिनालाई धन्यवाद ज्ञापन गरेका थिए ।

छात्रवृत्ति कार्यक्रममा ३१ जना विद्यार्थीहरुका लागि २ लाख २६ हजार रुपैयाँ बितरण गरिएको विद्यालयका प्रधानाध्यापक गोबिन्द शर्माले जानकारी दिएका छन् ।

Facebook Comments Box