चैत्र २२,
२०७७,काभ्रे/

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेका पर्वतारोही वसन्त तामाङलाई नगद सहयोग गरिएको छ ।

काभ्रे जिल्ला रोशी गाउँपालिकाको पर्यटन प्रबर्द्धनको सन्देश लिएरसगरमाथा आरोहण गर्न लागेका तामाङलाई रोशी– १२ का अध्यक्ष राम मोक्तान, नेपाल तामाङ घेदुङ काभ्रेका अध्यक्ष फुर्साङ मोक्तान, निर्माण व्यबसायी तथा समाजसेवी भोला मैनाली र वडा सदस्य सुकलाल तामाङले शनिबार संयुक्त रुपमा एक लाख रुपैयाँ सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

यस अघि धुलिखेलमा बिहिबार रेडियो रोशी र रेडियो गौरवको संयोजनमा आयोजित कार्यक्रममा रोशी गाउँपालिकाका अध्यक्ष डि.बि. लामाले कार्यपालिका बैठकको निर्णय बमोजिमको सहयोग रकम एक लाख पचास हजारको चेक साथै रोशीको झण्डा हस्ताण्तरण गरेका थिए ।

सो कार्यक्रममा संविधान सभा सदस्य तिर्थ लामा, कांग्रेस नेता गणेश लामा लगायतका व्यक्तिहरुले सहयोग स्वरुप रकम हस्ताण्तरण गरेका थिए । रोशी गाउँपालिका वडा नं १२ का आरोही तामाङले जेष्ठको ५ देखि ९ गते भित्रमा सगरमाथाको चुचुरोमा पाइला टेकेर रोशीको झण्डा फहराउने लक्ष्य रहेको बताइएको छ । उनि यहि चैत्र २३ गते त्यस तर्फ प्रस्थान गर्दै छन् ।

Facebook Comments Box