रोशी सहकर्मी–असोज १०,
२०७७,काभ्रे/

काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं ४ मा रहेको अमर अखण्ड हरिनाम संकीर्तन मण्डल को १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । अमर अखण्ड हरिनाम संकीर्तन मण्डल परिसरमा सम्पन्न साधारण सभामा किर्तन मण्डल संचालक समितीका अध्यक्ष बासुदेब काफ्लेले आर्थिक वर्ष २०७६/०७७ को बार्षिक प्रतिबेदन तथा आर्थिक वर्ष २०७७/०७८ को कार्ययोजना एवं कार्यप्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

बार्षिक साधारण सभामा अमर अखण्ड हरिनाम किर्तन मण्डलका लेखा समिती सदस्य शंकर काफ्लेले आर्थिक वर्ष २०७६/०७७ को बार्षिक लेखापरिक्षण साधारण सभामा प्रस्तुत गरेका थिए । लेखा परिक्षकको प्रतिवेदन अनुसार कुल सात करोड ४१ लख ८४ हजार ४ सय ३५ रुपैको आय व्यय विवरण सभामा प्रस्तुत गरेका थिए ।

यसैबिच, बार्षिक साधारण सभामा बासुदेब काफ्लेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिमितिको समेत निर्माण गरिएको छ । समितिको उपाध्यक्षमा पुर्णचन्द्र काफ्ले, कोषाध्यक्षमा केशब गैरापिप्ली, सह–कोषाध्यक्षमा उत्तम काफ्ले, माहासचिबमा सुदर्शन खनाल, सचिबमा उद्धब काफ्ले र सह–सचिबमा सुवास काफ्ले चयन भएका छन् । यसैगरी सदस्यहरुमा डिल्ली प्रसाद खनाल, कृष्ण प्रसाद खनाल, टीका गिरी, राम बहादुर भुजेल, सिताराम गैरापिप्ली, जानकी जिवन्कुन्ज, रेखा माकजु श्रेष्ठ, हरिबोल गैरपिप्ली, बालकृस्न अर्याल र मुना कोइराला रहेका छन् ।

Facebook Comments