काभ्रे,
सिन्धुली प्रहरीले चिसापानीबाट ६ सय १५ किलो गाँजा बरामद गरेको छ । हरिहरपुरगढी गाउँपालिका–७ चिसापानीबाट ६ सय १५ किलो गाँजा आज बिहान प्रहरीले बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय कपिलाकोटबाट खटिएको टोलीले चिसापानीस्थित थोले व्लोनको गोठमा उदयपुर कटारी–६ घर भई हाल चिसापानी बस्ने ४६ वर्षीय कुमार पाख्रिनलाई गाँजासहित पक्राउ गरेको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । बरामद गाँजा र नियन्त्रण लिएको पाख्रिनको थप अनुसन्धान भइरहेको छ ।